वायु सेवा निगमले वाइडबडीको दोश्रो किस्ता तिर्नै सकेन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी र दुइटा न्यारोबडीसहित चार वटा विमानको पुस मसान्तमा तिर्नुपर्ने ब्याजसहितको १ अर्ब १३ करोड किस्ता तिर्न नसक्ने भएको छ।

पुस मसान्त वाइडबडीको दोस्रो किस्ता तिर्ने बेला हो भने चार वर्षअघि ल्याइएका दुइटा न्यारोबडी विमानको १३ औं किस्ता हो।

जहाज खरिदका लागि ऋण प्रवाह गर्ने कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषका उच्च अधिकारीहरू आइतबार निगम मुख्यालय पुगेका थिए । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले यो पटकको किस्ता भुक्तानी गर्न नसकिने जनाएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले बताएका छन्।

‘निगमसँग त्रिपक्षीय छलफल गर्न गएका थियौं,’ कार्यकारी निर्देशक नेपालले भने, ‘हामीले लगानी गरेका जहाजहरूले राम्रै रेभेन्यु जेनेरेट गरेको रहेछ तर योजनाअनुसार अहिलेको किस्तालाई नपुग्ने देखियो।’

निगमको आर्थिक विभागका अनुसार छ महिनाअघि ल्याएका दुइटा वाइडबडी विमान ९अन्नपूर्ण र मकालु० ले साउनदेखि मंसिरसम्म ९५ महिना० मा १ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेका छन् । यी वाइडबडी विमानबाहेक चार वर्षअघि ल्याइएका दुइटा न्यारोबडी ९सगरमाथा र लुम्बिनी० ले २ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेको देखिन्छ।

न्यारोबडीको आम्दानीमा तीन महिनादेखि मलेसियामा अलपत्र परेको साढे ३० वर्ष पुरानो बोइङको केही न्यून योगदान छ।

अन्तर्राष्ट्रिय उडानमा निगमका पाँच वटा विमानले यो आर्थिक वर्षको पहिलो पाँच महिनामा कम्तीमा ३ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेका छन् । ‘कार्गो र एक्स्ट्रा ब्यागेजको आम्दानीसमेत जोडदा सबै जेट विमानको आम्दानी चार अर्बभन्दा बढी छ,’ ती अधिकारीले भने, ‘किस्ता तिर्न रकम त थियो तर पुराना पेन्डिङ बिल, आयल निगमलगायतलाई ५० करोड हाराहारी भुक्तानी गरिएकाले किस्ता तिर्न नपुगेको हो।’

निगमले हरेक तीन महिनामा वाइडबडीको ८० करोड र न्यारोबडीको ३३ करोड गरी १ अर्ब १३ करोड हाराहारी कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई ब्याजसहितको किस्ता भुक्तानी गर्नुपर्छ । हरेक विमानको वर्षमा चार वटा त्रैमासिक किस्ताका दरले १५ वर्षमा ६० किस्ता तिर्दा ऋण भुक्तानी हुन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस