चौधरी ग्रुपले टेलिकममा २५ अर्बभन्दा धेरै लगानी गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । नेपालको एकमात्र बहुराष्ट्रिय समूह चौधरी ग्रुपले स्वदेशी टेलिकम क्षेत्रमा कम्तिमा पनि २५ अर्बभन्दा वढी लगानी गर्ने तयारी गरेको छ।

स्वदेशी लगानीकर्ताले टेलिकम क्षेत्रमा गर्ने यो नै सबैभन्दा ठूलो लगानी हो। नेपाल टेलिकम सरकारी स्वामित्वमा रहेको कम्पनी हो भने एनसेलमा ८० प्रतिशत लगानी विदेशी लगानीकर्ताको छ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले विश्व बजारमा उपलव्ध सबैभन्दा पछिल्लो पुस्ताको प्रविधिमा आधारित रहेर टेलिकम कम्पनी स्थापना गर्ने योजना कार्यान्वयनका गर्न लागिएकाले लगानीको आकार ठूलो हुने बताए।

चौधरी ग्रुपले सिजी टेलिकमको ब्राण्डमा नयाँ टेलिकम कम्पनी सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस