यूएईले दियो नेपाललाई ३११ रनको विशाल लक्ष्य

चैत्र २,काठमाडौँ । नेपाल र युएईबीचको खेलमा युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा युएईले टस जितेर ब्याटिङ रोजेको थियो । पुरै ओभर खेलेको युएईले ५ विकेट गुमाएर ३ सय १० रन बनाएको हो ।

युएईका आसिफ खानले सर्बाधिक १०१ रन बनाएर शतक पुरा गरे । भने ब्याटिङमा चम्केका अर्का युवा क्रिकेटर बृत्य अरबिन्दले ९४ रन बनाएर टिमलाई ३०० रनभन्द्या माथी पुर्याउन सफल भए । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पहिलोपटक ३ सय रनमाथीको लक्ष्य पाएको हो ।

आसिफ खानले ४१ बलमा शतक पूरा गरेका थिए । उनी ओडिआई इतिहासकै सर्वाधिक छिटो शतक हान्ने चौथो खेलाडी हुन् । युएईबाट सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । उनले बुधबार मोहम्मद वासिमले पपुवा न्युगिनीविरुद्ध हानेको ६० बलको कीर्तिमान तोडेका हुन् ।

वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । सोमपाल कामीको अन्तिम बलमा वृत्य काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

आसिफ खानले ४९ औं ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा लगातार चार छक्का हानेका थिए । त्यसअघिको ओभरमा आसिफले गुलशन झालाई लगातार दुई छक्का हानेका थिए । छैटौं विकेटका लागि वृत्य र आसिफले रनको विष्फोटक साझेदारी गरेपछि युएईले विशाल लक्ष्य दिएको हो ।

४४ ओभरमा युएई २०८(५ को अवस्थामा थियो । अन्तिम ३६ बलमा १ सय २ रनको विष्फोटक साझेदारी गरे । स्पिनर ललितनारायण राजवंशीले तेस्रो ओभरको पाँचौं बलमा ओपनर आर्यन लाक्रालाई ६ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि क्रिजमा आएका वृत्यले अन्तिमसम्म संयमित ब्याटिङ गरे ।

स्पिनर सन्दीप लामिछानेले १७ औं ओभरको दोस्रो बलमा वासिमलाई ६३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे । अघिल्लो दिन पपुवा न्युगिनीविरुद्ध १२ छक्का हान्दै १ सय १९ रनको शतकीय इनिङ खेलेका वासिमले नेपालविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गर्दै आउट भए ।

दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । २३ औं ओभरको अन्तिम बलमा सिपी रिजवान आफ्नै गल्तीको कारण ७ रनमा रन आउट भए । दीपेन्द्रको २७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका आयन खान चोभार एण्डको लङअनमा गुलशन झाबाट क्याच आउट भए ।

दीपेन्द्रसिंह ऐरीले रोहन मुस्तफालाई २० रनमा एलबीडब्लू आउट गरे । मुस्तफाले ३२ बलमा ३ चौका प्रहार गरे । नेपालका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।

संम्बन्धित समचार

Leave a Reply