मेस्सीले ४००औं गोल पूरा गरेको खेलमा बार्सिलोनाको सहज जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । कप्तान लियोनेल मेस्सीले स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरेको खेलमा बार्सिलोनाले इवारमाथि ३–० को सहज जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा अर्काे दुई गोल लुइस स्वारेजले गोल गरे । एकपक्षीय बनेको खेलको १९औं मिनेटमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लिन सफल भएको थियो । स्वारेजले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्न सफल भयो ।

५३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले लुइस स्वारेजको पासमा गोल गरेपछि बार्सिलोनाले अग्रता दोब्बर बनायो । यससँगै मेस्सीले ला लिगामा बार्सिलोनाको लागि ४००औं गोल पुरा गरे । उनले बार्सिलोनामा १४ वर्षको अवधिमा ४०० गोलको कोसेढुङ्गा पार गरेका हुन् । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

५९औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए ।
जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ । आइतबार राति नै भएको खेलमा एट्लेटिकोले लेभान्टेलाई १–० ले पराजित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस