विश्व क्रिकेट लिग टू: डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी

चैत्र २ काठमाडौँ । विश्व क्रिकेट लिग टू मा नेपालले यूएईलाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएपछि डकवर्थ लुइस नियमका आधारमा नेपाल विजयी भएको हो ।

जितसँगै नेपालले एक दिवसीय विश्व कप क्रिकेटको सिधै क्वालिफायर खेल्ने पक्का भएको हो । लिग टू मा नेपालको ४० अङ्क भएको छ र नामिबियालाई पछि पारेर नेपाल तेस्रो नम्बरमा पुगेको हो ।

संम्बन्धित समचार

Leave a Reply