‘गठबन्धनबाट सर्वसम्मत उपराष्ट्रपतिको उम्मेदवार मै हो’ : रामसहाय यादव

चैत्र ३, काठमाण्डौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दावी गरेका छन् ।

शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उपराष्ट्रपति पदको चयनका लागि भएको निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दावी गरेका हुन् । उपराष्ट्रपति पदमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने उनले बताए ।

संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने पनि उनले बताए । नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न आफ्नो भूमिका रहने पनि उनले बताए ।

संम्बन्धित समचार

Leave a Reply