उपराष्ट्रपति निर्वाचन : संघतर्फ २९१ र प्रदेशतर्फ ५१० मत खस्यो, मतगणना सुरु हुँदै

चैत्र ३, काठमाण्डौँ । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु हुँदैछ । शुक्रबार पौने ३ बजेसम्म ८०१ मत खसेको छ । संघतर्फ २९१ र प्रदेशतर्फ ५१० गरी कूल ८०१ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना साढे ३ बजेबाट सुरू हुनेछ । साँझ ६ बजेभित्र निर्वाचनको मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा छन् । निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply