नेपालमा थप ६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

काठमाण्डौँ । देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१९ जनाको नमूना परीक्षण गरिएको थियो ।

१०० जनाको पीसीआर र ९१९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार देशभर ३ जना संक्रमण मुक्त भएका छन् भने २० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply