सडक खाली नगरिकनै राष्ट्रपति पौडेलको सवारी (तस्बिरसहित)

चैत्र ५,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कारगेड नलिइ काठमाण्डौको बसन्तपुरमा रहेको कुमारी घरमा पुगेका छन् । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेडबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे । त्यसक्रममा सडकमा गुडीरहेका गाडीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् ।

राष्ट्रपतिको कारगेडसहितको सुरक्षाका कारण सडकमा नागरिकले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेडबिना नै सवार भए । राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना गरिएको थियो ।

हेर्नुहोस् तस्बिरमा

 

संम्बन्धित समचार

Leave a Reply