कलेज अफ क्लाइमेट चेन्जको काठमाडौंमा उद्घाटन

चैत्र ५,काठमाडौँ । कलेज अफ बिजनेश म्यानेजमेन्टमा कलेज अफ क्लाइमेट चेन्जको काठमाडौंमा उद्घाटन गरिएको छ । बंगलादेशको ल्यान्ड अवर फ्युचर र इन्स्टिच्युसन अफ डेभलपमेन्ट इन्जिनियर एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको चार दिने गोष्ठिको पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा आइडिइबी का सदस्य इन्जिनियर जफर अली सिकदारले जलवायु न्यायका लागि नेपाल र बंगलादेशले मिलेर ठूलो मञ्चमा आवाज उठाउनु पर्ने बताए । उनले वातावरण संरक्षण र जलवायु परिवर्तन विरुद्ध बलियो आवाज उठाउन युवाहरु अगाडि आउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री शाहले वातावरण क्षेत्रका साझा समस्याका लागि आवाज उठाउन युवालाई साझा मञ्चमा जम्मा गर्ने यस्तो राम्रो पहल गरेकोमा ल्याण्ड आवर फ्युचरलाई बधाई दिए ।

उद्घाटन समारोहमा पूर्वमन्त्री सुनिलकुमार मानन्धरको समेत उपस्थिति रहेको थियो । पहिलो दिनको सत्रमा बेलायती दूतावासका वातावरण विज्ञ उगन मानन्धरले यूएनएफसीसीसी प्रक्रिया, ऊर्जा विज्ञ कुशल गुरुङले जलवायु परिवर्तनको अर्थशास्त्र र युवा जलवायु अभियन्ता उमेश बलाल मगरले कप २७ र रोड टु कोप २८ सम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै ल्यान्ड अवर फ्युचरका संयोजक अभिनवकुमार चौधरीले यही वर्ष बंगलादेश र भारतमा पनि विद्यालय सञ्चालन हुने बताए ।

संम्बन्धित समचार

Leave a Reply