धादिङ धुनिबेशी नगरको बाईकले दियो ठक्कर, ग्वार्कोमा साइकल चालकको मृत्यु !

चैत्र ५, काठमाण्डौँ । ललितपुरको ग्वार्कोमा सरकारी मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु भएको छ।

गएराति सवा ८ बजे ललितपुर महानगरपालिका १७ ग्वार्को चोकमा मोटरसाइकलले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्दीविक्रम शाहले जानकारी दिए ।

धादिङ धुनिबेशी नगरपालिकाको बागमती प्रदेश ०२-००१ व २२४७ नम्बरको मोटरसाइकलले साइकल चालकलाई ठक्कर दिएको हो ।

काभ्रे बेथानचोक गाउँपालिका २ घर भई ललितपुर १७ भेल्पा सातदोबाटो बस्ने ३४ वर्षीय बुद्धराज तिमिल्सिना घाइते भएका थिए ।

उनको उपचारको लागि बिएन्डबी अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको हो ।

मोटरसाइकल चालक धुनिबेशी नगरपालिका ७का ३८ वर्षीय तुलसीराम गिरी घाइते छन् ।

संम्बन्धित समचार

Leave a Reply