कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने

चैत्र ५, काठमाण्डौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हटेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

संम्बन्धित समचार

Leave a Reply