प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय

चैत्र ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । आइतबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिँदै विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे जानकारी दिँदै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारलाई दिएको समर्थन कायमै राख्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेसँगै रास्वपाको आइतबार बसेको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । गत माघ २२ गते सरकारबाट बाहिरिएको रास्वपाले हालसम्म सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

संम्बन्धित समचार

Leave a Reply