नवनिर्वाचित उपराष्ट्रपति यादवले पद तथा गोपनीयताको शपथ लिँदै

चैत्र ६, काठमाडौँ । आज नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिँदैछन् । उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने बिशेष समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिने छन् ।

बारा(२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित यादवले हिजो अर्थात आइतबार नै सांसद र जनता समाजवादी पार्टी नेपाल ९जसपा० पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई आफु उपराष्ट्रपतिमा निर्वाचित भएकाले बारा-२ को निर्वचान क्षेत्र रिक्त रहेको जानकारी पनि गराइसकेका छन् । गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा ३० हजार ३२८ मतभारसहित यादव निर्वाचित भएका थिए।

संम्बन्धित समचार

Leave a Reply