उद्योगीको मनोबल बढाउन सप्लिमेन्टरी बजेट ल्याउनैपर्छ : पुर्वगभर्नर नेपाल

फागुन ६,पोखरा ।  लक्ष्मी ग्रुपले अर्थतन्त्रमा देखिएको समस्या र समाधानको विषयमा अन्तक्रिया गरेको छ । पुर्वगभर्नर चिरञ्जवी नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा लगायत गण्डकी प्रदेशका उद्योगी तथा व्यवसायीको उपस्थितीमा बाराही होटलमा भएको कार्यक्रममा पुर्वगभर्नर नेपालले सरकारले ल्याएको बजेट र मौद्रिक नितिलाई एकै ठाउँमा राखेर हेर्न नहुने बताए । उनले भने-“कुनैपनी सरकारले बजेट आफुखुसी ल्याउछन्,यो विश्वका सबै राजनितिक दलहरुले गर्ने गर्दछन्, तर सरकारले ल्याएको बजेटलाई सही ट्रयाकमा लैजाने र पैसा व्यवस्थापन गर्ने काम मौद्रिक नितिको हो ।” नेपालले राष्ट्र बैँक जस्तो नियामक निकायले राजनीतिक दल संग टसल गर्न नहुने बताउदै भने-“मेरो कार्यकालमा ५ वटा सरकार परिवर्तन भए तर मैले कुनै टसल गरिन्।”

उनले केन्द्रिय बैंक जब राजनीतिक इच्छामा चल्छ, तब अर्थतन्त्रमा समस्या निम्तने बताए । अर्को प्रसंगमा पुर्वगर्भनर नेपालले अन्तर्राष्ट्रिय मन्दीले नेपाललाई नछुने बताउदै भने-“देशको अर्थतन्त्रमा योगदान दिनेगरी नेपालले कुनै सामान निर्यात गर्दैन् । हामी पुरै आयात गरेर देश चलाउछौँ, रेमिट्यान्सले डलर सञ्चिती गर्छौ अनि दोष चाँही विश्वव्यापी मन्दीले छोयो भन्छौँ, त्यासो भन्नलाई त उल्लेखनिय सामान निर्यात गर्नपर्यो नी ।” नेपालले समयमा नियामक निकाय गम्भीर नहुदा अहिलेको परिस्थिति आएको जिकिर गरे ।

उद्योगीको मनोबल बढाउन सप्लिमेन्टरी बजेट

पुर्वगभर्नर नेपालले नेपालका उद्योगी तथा व्यवसायीको मनोबल बढाउन सप्लिमेन्टरी बजेट आवश्यक रहेको बताए । उनले भने-“सरकारले सप्लिमेन्टरी बजेट ल्याए भने उद्योग चल्दैन्, कुनैपनी हालत सप्लिमेन्टरी बजेट सरकारले ल्याउनैपर्छ, व्यापार व्यवसाय उत्थानको लागी तोकेरै सरकारले सप्लिमेन्टरी बजेट ल्याउन पर्छ ।” गर्भनर नेपालले सरकारले ल्याउने बजेटमा ७५ देखि ७८ प्रतिशतसम्म निजि क्षेत्रको योगदान रहेको स्मरण गराउदै निजि क्षेत्रलाई नै धरासायी बनाएर अर्थतन्त्र माथी नउठ्ने जिकिर गरे ।

अन्तक्रियामा सांसद मनिष झाले नेपालमा उद्यमशिलताको सहज विकासको अभ्यास गरियोस् भनेर आफुले अभियान गर्दै आइरहेको बताउदै नेपालमा तदर्थवाद हावी भैरहेकोले परिणाम खराबतर्फ उन्मुख भैरहेको बताए । झाले अर्थतन्त्रलाई सवल बनाउन नितिगत सुधार जरुरी रहेको बताए । उनले भने-“अहिले सरकारलाई १३४ अर्व घाटा छ, हाम्रो योजनाहरु जिवनयापनको लागी मात्रै भयो, खास विकास र उद्योग सिर्जना गर्नेतर्फ हामीले सोच्दै सोचेनौँ ।” उनले अर्थतन्त्रको लागी केहि नसोचेर , व्यवस्था बदल्ने मात्रै काममा राजनितिक दलहरु लागेको आरोप लगाए । उनले भने-“हामी उत्तरदायी भएनौ, नेताको देवत्वकरणमा लाग्यौ ।” सांसद झाले राष्ट्रिय स्वतन्त्र पार्टीमाथी भरोसा रहेको बताउदै रास्वपामाथी शंका अरु दलहरुप्रतिको असन्तुष्टिको रुपमा बुझेको बताए । उनले जनतालाई काम देखाउन र अनुभुति दिलाउन सरकारमा जानैपर्ने जिकिर गरे

अन्तक्रियामा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले निजि क्षेत्र यतिबेला आर्थिक रुपमा गहिरो संकटमा रहेको बताए । उनले भने-“बजार सुनसान छ,रोजगारी कटौती भैरहेको छ,व्यवसाय धान्नै नसक्ने परिस्थिति बनेको छ, ब्याजदर तिर्नै नसक्ने अवस्थामा छौँ । राष्ट्रबैंक उल्टो गतिमा लाग्यो,अर्थतन्त्रलाई स्लो डाउन गर्ने,मुल्यवृद्धि बढाउने,आयात रोक्ने काम गरेर निजी क्षेत्रलाई धरासायी बनाएको छ ।” श्रेष्ठले ८६ वटा उद्योग बाणिज्य संघका जिल्ला तथा नगर अध्यक्षहरुलाई भेटेको बताउदै सबैको अवस्था नाजुक रहेको बताए ।

उनले भने-“सबैको गुनासो बैंकहरुमा १०.३ बेसरेट हुदैगर्दा ६ प्रतिशत प्रीमियम कायम छ, यो घटाइनुपर्छ भन्ने निजी क्षेत्रको माग हो ।” उनले साना,मझौला र ठुला उद्योगीलाई फरक किसिमको निति बनाउन जरुरी रहेको बताए। उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७८ प्रतिशत हुँदैगर्दा सरकार भने निजी क्षेत्रमैत्री हुन नसकेको बताए । श्रेष्ठले सप्लीमेन्टरी बजेट ल्याउन आफूपनि पहल गर्ने उनले बताए । ४८ सालदेखिको अर्थतन्त्र एउटै निति र सिद्धान्तमा चलेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन रीफर्म गर्न जरुरी रहेको उनको धारणा थियो ।

श्रेष्ठले निजी क्षेत्रले बनाएको भिजन-२०३० लाई मार्गदर्शक सिद्धान्त बनाएर अघि बढ्न सरकारलाई सुझाव दिए । आफ्नो उम्मेदवारी वरिष्ठ उपाध्यक्षमा रहेको जानकारी लिएर देशव्यापी गतिविधिमा सक्रिय रहेको जानकारी गराउदै उनले युवा नेतृत्व आवश्यक रहेको बताए । उनले भने -“उर्जावान नेतृत्वलाई अगाडी बढाउन जरुरी छ,म संग उमेर छ, तर समय छैन, २० बर्ष सस्थामा रहेको छु, १५ बर्षदेखी निरन्तर समितीहरुमा सक्रिय छु ।” श्रेष्ठले महासंघलाई बलियो बनाउन ठोस योजना केहि दिनमै तयार गर्ने बताउदै प्रदेश र जिल्लालाई मजबुत बनाउने योजना आफुसंग रहेको बताए । उद्योगीको मर्यादालाई फर्काउन मेरो एजेन्डा रहनेछ,विधान संसोधन गर्न आफ्नो पहल हुने श्रेष्ठले बताए । आफुलाई एकचोटी मौका दिए,अपनत्व र आवद्धता दिलाएर व्यवसायीको हकहित,व्यवसायीक वातावरण बनाउनु मेरो मुख्य काम हुने उनको भनाई थियो ।

कर्जाको ब्याज भुक्तानीको सिमा २ बर्ष बढाउनैपर्छ

यसैगरी उद्योग बाणिज्य महासंघका पुर्वउपाध्यक्ष किशोर प्रधानले बैँकहरुले २ बर्ष कर्जाको बिस्तार गर्नुपर्ने बताए । उनले भने-“अहिले व्यवसायीले ब्याज तिर्न सक्ने अवस्था छैन, हामी बैँक विरोधी हैनौ, तर सरकारले निजि क्षेत्रलाई बाँच्न दिनेभए व्यवसायीले लिएको कर्जाको ब्याज भुक्तानीको सिमा २ बर्ष बढाउनैपर्छ यसको विकल्प छैन् ।” प्रधानले बैंक र व्यवसायी एकै व्यक्ति हुँदा नेपालको अर्थतन्त्र लथालिङ्ग भैरहेको बताए । उनले कृषि र पर्यटनलाई अघि बढाउन जरुरी रहेको बताउदै सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने बताए ।

अन्तक्रियामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले सहभागीलाई धन्यवाद प्रकट गर्दै देशभरका उद्योगी तथा व्यवसायीको हितको लागि महासंघ सक्रिय भएर लाग्नुपर्ने बताए । उनले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रलाई बलियो बनाउन सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने समेत बताए । सुमार्गी आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ केन्द्रिय उपाध्यक्षका प्रत्यासी हुन् ।
अन्त्क्रियामा महासंघका केन्द्रिय सदस्यहरु नरेन्द्रकुमार खड्का, बिक्रान्त श्रेष्ठ,शोभाकान्त पौडेल,किशोर आचार्य,देवकुमार श्रेष्ठ लगायत जिल्ला तथा नगर अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply