पोखराबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी घोषणा, भने-‘युवा र उर्जावान नेतृत्व आवश्यक छ’

फागुन ६,पोखरा । लक्ष्मी ग्रुपले अर्थतन्त्रमा देखिएको समस्या र समाधानको विषयमा अन्तक्रिया गरेको छ । पुर्वगर्भनर चिरञ्जवी नेपाल,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा लगायत गण्डकी प्रदेशका उद्योगी तथा व्यवसायीको उपस्थितीमा बाराही होटलमा अन्तक्रिया कार्यक्रम भएको हो ।

अन्तक्रियामा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले निजि क्षेत्र यतिबेला आर्थिक रुपमा गहिरो संकटमा रहेको बताए । उनले भने-“बजार सुनसान छ,रोजगारी कटौती भैरहेको छ,व्यवसाय धान्नै नसक्ने परिस्थिति बनेको छ, ब्याजदर तिर्नै नसक्ने अवस्थामा छौँ । राष्ट्रबैंक उल्टो गतिमा लाग्यो,अर्थतन्त्रलाई स्लो डाउन गर्ने,मुल्यवृद्धि बढाउने,आयात रोक्ने काम गरेर निजी क्षेत्रलाई धरासायी बनाएको छ ।” श्रेष्ठले ८६ वटा उद्योग बाणिज्य संघका जिल्ला तथा नगर अध्यक्षहरुलाई भेटेको बताउदै सबैको अवस्था नाजुक रहेको बताए ।

उनले भने-“सबैको गुनासो बैंकहरुमा १०.३ बेसरेट हुदैगर्दा ६ प्रतिशत प्रीमियम कायम छ, यो घटाइनुपर्छ भन्ने निजी क्षेत्रको माग हो ।” उनले साना,मझौला र ठुला उद्योगीलाई फरक किसिमको निति बनाउन जरुरी रहेको बताए। उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७८ प्रतिशत हुँदैगर्दा सरकार भने निजी क्षेत्रमैत्री हुन नसकेको बताए । श्रेष्ठले सप्लीमेन्टरी बजेट ल्याउन आफूपनि पहल गर्ने उनले बताए । ४८ सालदेखिको अर्थतन्त्र एउटै निति र सिद्धान्तमा चलेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन रीफर्म गर्न जरुरी रहेको उनको धारणा थियो ।

श्रेष्ठले निजी क्षेत्रले बनाएको भिजन-२०३० लाई मार्गदर्शक सिद्धान्त बनाएर अघि बढ्न सरकारलाई सुझाव दिए । आफ्नो उम्मेदवारी वरिष्ठ उपाध्यक्षमा रहेको जानकारी लिएर देशव्यापी गतिविधिमा सक्रिय रहेको जानकारी गराउदै उनले युवा नेतृत्व आवश्यक रहेको बताए । उनले भने -“उर्जावान नेतृत्वलाई अगाडी बढाउन जरुरी छ,म संग उमेर छ, तर समय छैन, २० बर्ष सस्थामा रहेको छु, १५ बर्षदेखी निरन्तर समितीहरुमा सक्रिय छु ।” श्रेष्ठले महासंघलाई बलियो बनाउन ठोस योजना केहि दिनमै तयार गर्ने बताउदै प्रदेश र जिल्लालाई मजबुत बनाउने योजना आफुसंग रहेको बताए । उद्योगीको मर्यादालाई फर्काउन मेरो एजेन्डा रहनेछ,विधान संसोधन गर्न आफ्नो पहल हुने श्रेष्ठले बताए । आफुलाई एकचोटी मौका दिए,अपनत्व र आवद्धता दिलाएर व्यवसायीको हकहित,व्यवसायीक वातावरण बनाउनु मेरो मुख्य काम हुने उनको भनाई थियो ।

संम्बन्धित समचार

Leave a Reply