भारतले मानेन पानी र क्षतिपूर्ति दिन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । कोसी, गण्डक र महाकाली नदीमा एकलौटी संरचना बनाउको भारतले नेपाललाई क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।

सम्झौताअनुसार नेपालले पाउनुपर्ने पानी दिन भारतले अनेक प्राविधिक बहाना झिकी पुरानै आलटाललाई निरन्तरता दिएको छ।

नेपाल र भारतबीच छ वर्षपति जलस्रोत सचिव स्तरीय संयुक्त समिति (जेसिडब्लुआर) बैठक गत शुक्रबार राति नयाँ दिल्लीमा सम्पन्न भयो।

बैठकमा जलस्रोतसम्बन्धी नेपालका अधिकांश प्रस्ताव र आग्रह भारतले अस्वीकार गरेको छ।

नेपालले पाउनुपर्ने क्षतिपूर्ति र नेपालको हक लाग्ने पानीसम्बन्धी मुद्दामा सहमति हुन नसकेपछि वार्ता विफल भएको हो।

भारतीय पक्षले पुराना अडान दोहोर्याएको र नयाँ सहमति तथा निर्णय गर्न नमानेकाले बैठक उपलब्धिमुलक हुन सकेन।

ताजा अपडेट

खोजी गर्नुहोस