मेस्सी ‘माइलस्टोन’, एउटै लिगमा ४०० गोल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सीले आफ्नो खेल जीवनको महत्वपूर्ण र धेरै अर्थले अर्थपूर्ण उपलब्धी हाँसिल गरेका छन् । बार्सिलोनाका कप्तान मेस्सीले स्पेनिस ला लिगा फुटबलमा ४०० गोल गरेका छन् ।

ला लिगा अन्तर्गत आइतबार राति एइबरसँगको खेलमा मेस्सीले ४०० गोलको आँकडा पूरा गरेका हुन् । उनले ५३ औँ मिनेटमा गरेको गोल ला लिगामा उनले गरेको ४०० औँ गोल बन्यो ।

अर्जेन्टिनाका मेस्सीले बार्सिलोनाबाट ला लागिमा ४३५ खेलमा ४०० गोल गरेका हुन् । उनी युरोपका शीर्ष चार मध्ये एउटै लिगमा ४०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

तर युरोपका शीर्ष चार लिगमा समग्रमा ४०० गोल गर्ने खेलाडीको सूचिमा उनी दोस्रो नम्बरमा छ । यो सूचिको शीर्षस्थानमा क्रिष्टियानो रोनाल्डो छन् । उनले इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ए गरी ५०७ खेलमा ४०९ गोल गरेका छन् ।

रोनाल्डोले ४०० गोलको आँकडा बनाउनका लागि ४९८ खेल खेल्नु परेको थियो । मेस्सीले भने ६३ खेल अघि नै आँकडा चुमे ।

मेस्सी ला लिगको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । उनी रोनाल्डो भन्दा निकै अघि छन् र रोनाल्डोको गोल ला लिगामा थपिने सम्भावना नभएकाले चुनौती पनि छैन । रोनाल्डोले ला लिगामा २९२ खेलमा ३११ गोल गरेका छन् ।

मेस्सीले ला लिगामा विभिन्न ३७ क्लबविरुद्ध गोल गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस