आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ८, काठमाडौँ । देशका केही भागमा आज वर्षा हुने सम्भावना रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा बिहानैबाट हल्का वर्षा भइरहेको छ ।

आज बिहान कोसी र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस