सरकारमा सहभागी हुने रास्वपाको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र ८, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र ८, काठमाडौँ । सरकारबाट बाहिरिएको रास्वपा फेरि सरकारमा सहभागी हुने आन्तरिक तयारी थालेको छ । गत माघ २२ गते सरकारलाई दिएको समर्थन कायमै राखेर सरकारबाट बाहिरिएको रास्वपा पुनःसरकारमा सहभागी हुने तयारी थालेको हो ।

पार्टी र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुनुपर्ने मत अधिकांश सांसद तथा नेताहरुको रहेको रास्वपा स्रोत बताउँछ। प्रधानमन्त्रीले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेको भन्दै सरकारमा सहभागीताको लागि पार्टी र संसदीय दलमा नेताहरुबीच छलफल भइरहेको बताइएको छ।

चुनावी प्रतिवद्धता कार्यान्वयन गर्न सरकारमा सहभागी हुनैपर्ने रास्वपाका सांसदहरुले दाबी गरेको स्रोतले जनाएको छ। यस अघि सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको रास्वपाले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर फेरि सरकारमा सहभागी हुने जमर्को गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले समेत सरकारमा सहभागीताका लागि रास्वपालाई आग्रह गरेको बताइएको छ । तर, यस अघि दिइएको उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय दिन नसकिने प्रधानमन्त्रीले जिकिर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस