एकीकृत समाजवादीले मन्त्रीका लागि बनाउन लागेको मापदण्ड कस्तो हो ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ चैत्र १२, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक सकभर मन्त्री नबनाउने नीति लिने भएको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदलमा भएको प्रारम्भिक छलफलमा पहिला मन्त्री र मुख्यमन्त्री भएका बाहेकबाट यो पटक मन्त्री बनाउने गरी छलफल भएको अध्यक्ष माधव नेपाल निकट स्रोतको दाबी छ ।

चैत ७ गते बसेको सो पार्टीको सचिवालय बैठकले सरकारमा सहभागिताबारे सबै निर्णय गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् । ‘सरकारमा सहभागिताको विषयमा समग्रमा छलफल भइरहेको छ । तर अहिलेसम्म कुनै औपचारिक निर्णय गरिसकेको अवस्था छैन’, महासचिव घनश्याम भुसालले भने, ‘अध्यक्षज्यूको व्यस्तताले गर्दा ठोस निर्णय हुन नसकेको हो । छिट्टै निर्णयमा पुग्छौ ।’

महासचिव भुसालले सरकारमा सहभागी हुने मन्त्रीका लागि निश्चित मापदण्ड बनाउने तयारी भएको भन्दै यसअघि अवसर नपाएका तर जनताको काम गर्न सक्नेलाई प्राथमिकता दिने तयारी भएको बताए । नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस