एफएनसीसीआईको आगामी नेतृत्वको लागि युवा र उर्जाशिल टिम बनेको छ: अरुणराज सुमार्गी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र १३, सोमबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र १३,धनगढी । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा जिल्ला नगरतर्फ उपाध्यक्ष पदका प्रत्याशी अरुणराज सुमार्गीले उद्योग बाणिज्य महासंघको आगामी नेतृत्वका लागि उर्जाशिल र युवा टिम बनेको बताएका छन् । जिल्ला नगरतर्फ उपाध्यक्षका प्रत्यासी सुमार्गीले शनिवार धनगढीमा आयोजित लथालिङ्ग अर्थतन्त्र कसले गर्ने हो व्यवस्थापन विषयक अन्तक्रियामा सुमार्गीले हालका बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा उद्योग बाणिज्य महासंघलाई सवल र सक्षम बनाउने टिम तयार भएको बताए ।

महासंघमा विगतमा भएको गलत कार्यलाई रोक्न र खास व्यवसायी र उद्योगीको समस्या सुन्ने महासंघ हामिलाई चाहिएको छ, सुमार्गीले भने, “यतिबेला मुलुक आर्थिक संकटबाट गुज्रिरहेको छ, व्यवसायिक वातावरण विग्रदै गएको छ , सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।” सुमार्गीले सुदुरपश्चिमलाई सम्मृद्ध बनाउन सवै व्यवसायी तथा उद्योगी एक भएर लाग्नुपर्नेमा जोड दिए ।

जिल्ला नगरतर्फ उपाध्यक्षका प्रत्यासी सुमार्गीले जिल्ला नगरका व्यवसायीको महासंघमा ५० प्रतिशत हैसियत रहेको बताउदै मोफसलका उद्योगी तथा व्यवसायीले आफुलाई कमजोर सम्झन नहुने बताए । “विगतदेखि नै मैले जिल्ला नगरको समस्याहरु राख्दै आएको छु ।, अहिलेसम्म जिल्ला नगरबाट नेता बनेर जानेले जिल्लाको समस्यालाई सुन्नै चाहेनन्, राजधानीमा बसेर गफ गर्नमै व्यस्त भए । , मेरो कार्यकालमा जिल्ला नगरलाई बलियो बनाउन म हदैसम्म लाग्नेछु ।” , सुमार्गीले भने ।

सुमार्गीले जिल्ला नगरका उद्योगीको प्रोटोकललाई मुख्य एजेण्डाका रुपमा अगाडी बढाउने बताए । उनले आफु जिल्लाबाट नै संघर्ष गरेर आएकोले जिल्लाका समस्यासंग जानकार रहेको बताउदै भने-“हामीले जिल्ला नगरको आम्दानी बढाउने, आम्दानीको श्रोत खोज्ने, मेला महोत्सवलाई राष्ट्रिय क्यालेण्डरमै राख्ने व्यवस्था मिलाउने काममा मेरो मुख्य ध्यान हुन्छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस