मोटरसाइकलको ठक्करबाट बकैयाका स्याङतानको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ चैत्र १५, बुधबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १५,काठमाडौँ । मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

हेटौंडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौंडातर्फ जाँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५० वर्षीय दिलबहादुर स्याङ्तानलाई ठक्कर दिँदा उहाँको ज्यान गएको हो ।

आज बिहान ४ बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याएपछि डाक्टरले आज बिहान मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक फरार रहे पनि मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस