सुनको भाउ बढ्यो, आज प्रतितोला कतिमा भयो कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र १५, बुधबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र १५,काठमाडौँ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस