पेट्रोलियम पदार्थको मुल्यवृद्धीले अखिलमा मत भिन्नता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ २६, शनिबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail
जेठ २६,काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका केन्द्रिय सचिव सुदेश पराजुलीले सरकारले ईन्धनको मुल्यमा गरेको वृद्धीलाई जनतालाई दिएको थप व्ययभार बनेको बताएका छन । ‘अहिलेको सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्वि फिर्ता लिने छ ,जनघाति निर्णय सच्याउने छ ।’ उनले भने ।

कम्युनिस्ट पार्टीको नेतृत्वमा बनेको सरकारलाई बदनाम गर्ने जुनसुकै कार्यप्रति यो सरकार सचेत हुनु पर्छ । उनले भने–’हाम्रा अध्यक्ष भन्नुहुन्छ पेट्रोलिय पदार्थको मुल्य बृद्वि ठिक छ तर  म भन्छु– मुल्य बृद्वि फिर्ता गर्नु पर्छ ।, जनघाती निर्णय सच्याउनु पर्छ ।’ शुक्रबार एक कार्यक्रममा बोल्दै अखिलकी अध्यक्ष नविना लामाले ईन्धनको मुल्यवृद्धीलाई सामान्य रुपमा लिनुपर्ने बताउदै सरकारले गरेको निर्णय ठिक भएको बताएकी थिईन । उनले ईन्धनको मुल्य वृद्धीको सन्दर्भको आन्दोलनको सार्थकता माथी नै प्रश्न उठाएकी थिईन ।

नेता पराजुलीले भने- ‘सरकारले जनपक्षिय निर्णय गर्छ सरकारलाई सलाम गरिन्छ तालि ठोकिन्छ , सरकारले जनहित विपरित काम गर्छ ताली होईन गाली , समर्थन होईन विरोध गरिन्छ ।’ अनेरास्ववियुको भुमिका भनेकै दबाब , जागरण र प्रतिपक्षिय भुमिका हो । उनले भने । केही दिन अघि बढेको ईन्धनको मुल्यको विरुद्ध अनेरास्ववियूले नबोलेको भन्दै चौतर्फी विरोध भएको थियो । कांग्रेस निकट नेविसंघले सरकारले बढाएको मुल्यको विरोध गरेको थियो ।

नविना लामाले यसो भन्छिन- भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

पराजुलीले यसो भन्छन- भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस