मिटरब्याज पीडित किसानसंगको वार्ता निष्कर्षविहिन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र १६, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १६,काठमाडौँ । सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ । गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आ-आफ्नो धारणा राखेका थिए ।

मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छत ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस