पौष ३०, काठमाडौं । टेलिभिजनको सबै भन्दा पपुलर शो नागिन ३ बन्द हुने भएको छ ।सुरभि ज्योति, पर्लभी पुरी, अनिता हसनंदानी र रजत टोकसको मुख्य भूमिका रहेको नागिन ३ एक महिनापछि बन्द हुने भएको हो ।
उक्त शो अत्यन्तै मन पराइइएको थियो ।भारतिय मिडिया अनुसार एकता कपुरले आफ्नो एक अन्य पपुलर शो कवजको दोस्रो सिजन नागिन ३ को ठाउँमा लन्च गर्न चाहन्छन्।
कवच २ का लागि पहिले नै अडिसन सुरु भइसकेको छ। तर अहिलेसम्म एकता कपुरले यस बारेमा भने कुनै औपचारिक जानकारी भने दिएका छैनन्। एकता कपुरले नागिनलाई अनयर गर्ने सोचे १ वा २ वर्षपछि यसको चौँथो सिजन सुरु हुने बताइएको छ ।