बागमतीमा भागबन्डा मिलेन, मन्त्रिपरिषद् विस्तारमा ढिलाई

Post Thumbnail

चैत्र १७,काठमाडौँ । बागमती प्रदेशमा मन्त्रालय बाँडफाँटका विषयमा सत्ता गठबन्धन दलहरुबीच सहमति हुन नसक्दा समस्या देखिएको छ । दलहरुबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन ।

मन्त्रालय भागबन्डा मिलाउन प्रदेश स्तरमा कार्यदल गठन गरे पनि त्यसले प्रभावकारी काम गर्न सकेको छैन । सत्ता साझेदार दलहरुबीच कुरा नमिल्दा मन्त्रालय भागबन्डाको विषयमा ठोस निर्णय गर्न बिहीबार आह्वान गरिएको बैठक २ पटक स्थगित गर्नु परेको थियो ।

बिहीबार बिहान ९ बजेका लागि काठमाडौँको वानेश्वरमा बस्ने तय भएको बैठकमा एकीकृत समाजवादी अनुपस्थित हुँदा कार्यदलको बैठक रोकिएको थियो । पहिलो बैठक रोकिएपछि दिउँसो ३ बजेका लागि पुन: बैठक बस्ने तयारी गरे पनि एकीकृत समाजवादी बैठकमा सहभागी भएन ।

एकीकृत समाजवादी बैठकमा उपस्थित नभएपछि कार्यदलको बैठक औपचारिकतामा नै प्रवेश नगरी स्थगित गरिएको थियो । यद्यपि कार्यदलका सदस्यहरूले मन्त्रालय बाँडफाँडको विषयमा अनौपचारिक छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस