सुनचाँदीकै भाउ बढ्यो

  • अनलाइन केन्द्र
  • / राशिफल /
  • २०७९ चैत्र १७, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र १७,काठमाडौँ । हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ८ हजार २ सय रुपैयाँ थियो ।

हप्ताको पहिलो दिन पनि सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको थियो । यसअघि गएको ५ गते एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस