गरिमा विकास बैंकको नयाँ वर्षको क्यालेण्डर र नयाँ वेवसाईट विमोचन

चैत्र १८,काठमाडौँ । यस गरिमा विकास बैंक लिमिटेडले आज एक विशेष कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको छ । आफ्नै केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल ज्यू र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय ज्यूले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरे ।

बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ ।
सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द प्रसाद ढकाल ज्यूले स्तरोन्नती गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारम्भ गरेका छन् ।

गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply