आज प्रतिनिधि सभाको बैठक, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

चैत्र १९, काठमाण्डौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन आव २०७८र०७९०’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ ।

यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्नेछन् । त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा। भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

संम्बन्धित समचार

Leave a Reply