आजको मौसम : बेलुकीपख हावाहुरी र चट्याङसहित बर्षाको सम्भावना !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २०, सोमबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २०, काठमाण्डौँ । धेरै ठाउँको मौसम अहिले सफा भए पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसोदेखि नै मौसम बदली भइ बेलुकीपख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए । उनका अनुसार आज बाग्मती, कोशी, गण्डकी र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

केही दिनयता दिनहुँ बेलुकीपख पानी पर्ने गरेको छ । पश्चिमी वायुसँगै स्थानीय वायु पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविद् शाक्यले बताए । उनका अनुसार प्रि(मनसुनमा बिहान मौसम खुले पनि दिउँसो पछि बदली भएर पानी पर्ने हुन्छ । अहिले पश्चिमी वायु सक्रिय भइरहेकाले लगातारजसो मौसम बदली भइ पानी परिरहेको हो ।

उच्च पहाडी र हिमाली जिल्लाका एकरदुई ठाउँमा हिमपातसमेत भएको छ । यसले गर्दा चिसो बढाएको छ । पश्चिमी वायु सक्रिय हुँदा चिसो हावा बहने भएकाले बिहान र बेलुका जाडो नै छ । आज काठमाण्डौ उपत्यकामा पनि बेलुकीपख पानी पर्ने अनुमान छ ।

ताजा अपडेट

खोजी गर्नुहोस