“पोखरामा अशोक लेल्यान्डको नयाँ शोरुम र सर्भिस सेन्टर लन्च”

चैत्र २०, काठमाण्डौँ । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रर्वद्घित अशोक लेलैण्डले पोखरामा आफ्नो स्टाइलिस, बेस्टइनक्लास शोरुम र स्टेटअफदआर्ट सर्भिस सेन्टरको शुरुवात गरेको छ ।

ग्राहकहरूका लागि नयाँ र समसामयीक सेटअपहरू प्रस्तुत गर्दै आइरहेको आइएमई मोटर्सरअशोक लेल्यान्डले नेपाली बजारमा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने अर्को थप कदमको रुपमा यो कार्य अगाडि बढाएको हो ।

नयाँ सुविधायुक्त सेवा पोखरा(बाग्लुङ राजमार्गको पस्र्याङमा अवस्थित छ । छिटो र भरपर्दो ‘बिक्री पछिको सेवा’ उपलब्ध गराउने उद्देश्यका साथ पहुँच र उपलब्धताको हिसाबले अशोक लेल्यान्डको देशभर उत्कृष्ट नेटवर्क उपलब्ध छ । अशोक लेल्यान्डका पहिले नै देशभर १८ आउटलेट छन् भने निकट भविष्यमै ४ थप आउटलेट सञ्चालनमा आउँदै छन् । त्यसैगरी हाल देशभर ४८ स्पेयर पार्ट्स आउटलेट छन् भने २० आउटलेट सञ्चालनमा छन् ।

अत्याधुनिक शोरुमले अग्रणी ब्रान्ड अशोक लेल्यान्डका फुल रेन्ज सवारी साधन उपलब्ध गराउने छ । ग्राहकले आफ्नो अनुकूलता अनुसार विभिन्न मोडलको स्पेसिफिकेसन तथा फिचर तुलना गरी आफूलाई उपयुक्त सवारी साधन छनोट गर्न सक्ने छन् ।

आधिकारिक सर्भिस सेन्टर, पीके ट्रेडिङ, सँग अनुभवी तथा तालिमप्राप्त र सीपयुक्त प्राविधिकहरुको समूह छ, जसले अशोक लेल्यान्डका सबै कमर्सियल सवारी साधन मोडलमा भएका समस्याको समाधान र मर्मत गर्न सक्छन् । मर्मत कार्यलाई छिटो र कुशलतापूर्वक सम्पन्न गर्ने सुनिश्चितताका लागि सर्भिस सेन्टर अत्याधुनिक टुल्स र इक्विपमेन्टले सुसज्जित छ । सवारी साधन चलायमान गराई राख्नका लागि सर्भिस सेन्टरले नियमित मर्मत सेवा समेत प्रदान गर्छ ।

स्पेयर पार्ट्स डिपार्टमेन्टले सबै प्रकारका कमर्सियल सवारी साधनका लागि उपयुक्त जेन्युइन पार्ट्सको स्टक उपलब्ध गराउँछ । आफ्नो सवारी साधनमा फिट हुने र प्रभावकारी रुपमा कार्य गर्ने गरी डिजाइन गरिएका स्पेयर पार्ट्स यहाँ उपलब्ध हुने भएकाले ग्राहक ढुक्क हुन सक्छन् । कम्पनीले आफ्ना ग्राहकलाई उच्च स्तरको सेवा उपलब्ध गराउन यो नयाँ शोरुम र सर्भिस सेन्टरमा लगानी गरेको हो ।

शोरुम र सर्भिस सेन्टरको उद्घाटन गर्दै आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भन्नुभयो, ‘हाम्रो प्रतिवद्ध ग्राहक केन्द्रीत रणनीतिको एक हिस्साका रूपमा हामी हाम्रो डिलरशिप नेटवर्क विस्तार गर्न सधैं तत्पर छौं । नेपालका सबै प्रमुख सहरहरूमा फैलिएको हाम्रो विद्यमान व्यापक नेटवर्कमा नयाँ आउटलेटहरूलाई स्वागत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । थप भएका यी आउटलेटहरूले ग्राहकहरुलाई सजिलो र सहज पहुँच प्रदान गर्ने मात्र नभई ग्राहकहरूलाई विश्व स्तरको अनुभव पनि दिनेछ ।

ग्राहक सेवा र सन्तुष्टिमा पूर्ण ध्यान केन्द्रित गर्दै आइएमई मोटर्सरअशोक लेल्यान्ड ग्राहकका माग र अपेक्षाहरू पूरा गर्न प्रतिबद्ध छ । कम्पनीका प्रमुख दुई रणनीतिक पिलर ‘सेल्स पोइन्टमा बेस्ट(इन(क्लास ग्राहक अनुभव’ र ‘छिटो र भरपर्दो बिक्री पछिको सेवा’ हुन् ।

आईएमई मोटर्सले विश्वस्तरीय रिटेल ब्रान्ड अफरिङ र उत्कृष्ट सवारी साधन स्वामित्व अनुभव सुनिश्चित गर्दै ग्राहक सेवा अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनेछ ।

साथै, आईएमई मोटर्सले दीर्घकालीन अवधिका लागि प्रतिस्पर्धी ब्याजदरमा सहज र छिटो ऋण उपलब्ध गराउन एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, भएचपीपीएल भेन्चर हायर पर्चेज प्रा.लि र नबिल बैंकसँग सम्झौता गरिसकेको छ । हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ, जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ ।

नेपालको कमर्सियल सवारी साधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ । देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ । विगत दुई वर्ष यता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ । हाल अशोक लेल्यान्ड, नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ ।

संम्बन्धित समचार

Leave a Reply