चर्चित हॉस्य कलाकार सुबोध गौतमको कमेडी शो ‘हास्ने घर’ चर्चामा (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ पौष ३०, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

पौष ३०, काठमाडौं । पछिल्लो समय निकै चर्चाको शिखरमा पुग्न सफल चर्चित हॉस्य कलाकार सुबोध गौतमले ल्याएको नया कमेडी शो ‘हास्ने घर’ चर्चामा रहेको छ ।

समयसामयिक बिषय बस्तुमा आधारित रहेर बनाइएको उक्त कार्यक्रम दर्शक हरुले ज्यादै नै रुचाउने बिषयलाई उठाएको उनले बताए । उक्त कमेडी शोमा यादब देबकोटा सरापे, राजू कमेडी रेम्बो, नबराज उप्रेती आदि कलाकारहरुको अभिनय देख्न सकिने छ।

कार्यक्रम भित्र साताको गनगन, आईडिया सेन्टर लगायतका बिभिन्न सेगमेंट हरु रहेका छन्।

‘हास्ने घर’ र आईडिया सेन्टर पहिले बिभिन्न च्यानलबाट छुट्टा छुट्टै आएता पनि हाल एउटै कार्यक्रममा समाबेश गरिएको छ। यो कार्यक्रम प्रत्येक साता गनगन टीभी मार्फत सार्बजनिक गरिने ‘हास्ने घर’ टीमले बताएका छन्।

एक्सन फिल्मस प्रा। ली। को निर्माण रहेको उक्त कार्यक्रममा सुबोध गौतम, राजू भुजेल, यादब देवकोटा, युबराज खत्री, नबराज उप्रेती, रेशम प्रधान आदिको सहकार्य रहेको छ। कार्यक्रमका निर्देशक तथा प्रस्तोता सुबोध गौतम हुन भने सम्पादन युबराज खत्रीको रहेको छ।

लामो समय देखि क्यारिकेचर मार्फत आफ्नो कला प्रस्तुत गर्दै आएएका सुबोध गौतमले पछिल्लो समय बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ को हूबहू नक्कल गरेपछि स्वयं मदनकृष्ण श्रेष्ठले खुलेर प्रसंसा गरेका थिए।

भिडियो हेर्नुहोस

ताजा अपडेट

खोजी गर्नुहोस