सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सांसद यादवको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ चैत्र २३, बिहिबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

दिपू वर्णवाल

चैत्र २३, वीरगञ्ज । सिर्सिया नदिलाई प्रदूषित बनाउने उद्योगहरुलाई कारवाही गर्न सांसद प्रदीप यादवले सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहिवार बसेको बैठकमा सहभागी हुँदै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य यादवले दर्जनौ गाउँका लाखौँ जनताको स्वास्थ्यमा खेलवाँड गर्ने उद्योगहरुलाई कारवाही गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजाललाई ध्यानाकर्षण गराएका हुन् ।

नेपाल सरकारका पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले भने, ‘उद्योग मन्त्री पनि मेरै जिल्लाका हुनुहुन्छ, उहाँ पनि यो समस्याका बारेमा राम्रोसँग अवगत हुनुहुन्छ, त्यसैले उहाँकै कार्यकालमा उद्योगीहरुलाई कारवाही हुन्छ र सिर्सिया नदि प्रदूषण मुक्त हुन्छ भन्नेमा म विश्वस्त छु ।’

उद्योगको लापरवाहीले विषालु बनेको सिर्सिया नदिका कारण आसपासका लाखौँ जनता प्रत्यक्ष रुपमा प्रभावित हुँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए । यादवले भने, ‘नदि छेउछाउको बाटो भएर हिँड्दा पनि नाकमुख थुन्नुपर्ने अवस्था छ, नदिको पानी खाने चौपाय बिरामी पर्नुका साथै मृत्युसमेत हुने गरेका छन् । तर पनि सरकार आँखामा पट्टी बाँधेर बसेको छ ।’

नदिका छेउछाउमा बसोबास गर्ने मानिसहरुमा छाला सम्बन्धी रोगहरु देखिने गरेकोमा उनले चिन्ता व्यक्त गरे । विभिन्न उद्योगहरुले प्रशोधन बिनाको रसायनयुक्त पानी, छाला, रौँ लगायतका प्रदूषित पानी नदिमा मिसाउँदा सिर्सिया नदि विषालु बनेको यादवको भनाई छ ।

त्यही प्रदूषित पानीमा खुट्टा डुबाएर छठ पूजा मनाउनुपर्ने बाध्यता रहेको बताउँदै उनले नदि प्रदूषित बनाउने उद्योगलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस