धुनिवेशीको कालिदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला

चैत्र २३,धादि धादिङको धुनिबेशी वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालिदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न छ । हरेक चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला यसवर्ष चैत्र २३ गते बिहिबार लागेको धुनिवेशी ६ का वडा अध्यक्ष रमेश आचार्यले बताए । धादिङको धुनिबेशी वडा नम्बर ६ मा रहेको कालिदेवी मन्दिर प्राचिनकालिन इतिहास बोकेको मन्दिरको रुपमा प्रसिद्ध छ ।

धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ आयोजना गरिएको मेला आयोजक धुनिबेशी नगरपालिका ६ को वडा कार्यालय तथा कालिदेवीस्थान मेला व्यबस्थापन समिती रहेको थियो । मेलामा सहभागी हुन धुनिवेशी,थाक्रे काठमाण्डौं लगायतबाट भक्तजनहरु आएका थिए ।

मेलामा अतिथीको रुपमा लोक सेवा आयोगका अध्यक्ष माधब प्रसाद रेग्मी, पुरातत्व विभागका अधिकृत सरिता सुबेदी,धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,उपप्रमुख सुरज उप्रेती, विभिन्न वडाका वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो । पछिल्लो समय वडा अध्यक्ष रमेश आचार्य निर्वाचित भएर आएपछि यस मन्दिरको संरक्षण,सम्बर्दन र प्रवद्र्धनमा सहयोग पुगेको स्थानीयले बताए ।

संम्बन्धित समचार

Leave a Reply