भारु बलियो बन्दा घट्यो डलरको मूल्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र २४, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४, काठमाडौँ । भारतीय रुपया भारु बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको हो । उक्त घोषणाअघि ८२ दशमलव १० पैसा भारु पुगेको डलरको मूल्य घटेर ८१ दशमलव ८८ पैसा भारुमा झरेको थियो ।

भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो । भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । फलस्वरूप नेपालमा डलरको मूल्य घटेको हो ।

एभरेष्ट बैंकले बिहीवार बिहान कारोबार शुरू हुँदाको तुलनामा कारोबार बन्द भएपछि डलरको विक्रीदर १५ पैसाले घटाएर १३१ रुपैयाँ ३५ पैसा तोकेको थियो । एभरेष्टले कारोबार शुरू हुँदा डलरको विक्रीदर १३१ रुपैयाँ ५० पैसा तोकेको थियो ।

नेपाल राष्ट्र बैंकले भने बिहीवारका लागि डलरको विक्रीदर १३१ रुपैयाँ ५१ तोकेको थियो । राष्ट्र बैंकले शुक्रवारका लागि डलरको विक्री दर १३१ रुपैयाँ ३२ पैसा तोकेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस