मन्त्रीपरिषद् बैठक:पदमबहादुर लिम्बूलाई शहीद घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २४, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४,काठमाडौँ । सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताए । साथै मृतक लिम्बूका परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको उनको भनाइ छ ।

उनले भने, ‘कोशी नामाकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुनपुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र राहत उपलब्ध गराउने निर्णय भएको छ । नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’

प्रवक्ता शर्माले नामाकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताए ।

गएको ५ गते कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको १० गते उपचारका क्रममा ज्यान गएको थियो । उनि कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस