एमाले सचिव रायमाझी र पूर्व गृहमन्त्रीका सल्लाहकारमाथि मानव तस्करीको आरोप

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २४, शुक्रबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २४, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राईले मानव तस्करीको आरोप लागेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका प्रमुख सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।

नक्कली भुटानी सरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८ सय ७५ जना नेपाली युवाहरूको करोडौँ रकम ठगी गरेको प्रकरणमा तत्कालीन गृहमन्त्री बादलका प्रमुख सल्लाहकार इन्द्रजित राई र नेकपा एमालेका सचिव रायमाझीको संलग्नता रहेको खबरहरू सार्वजनिक भएपछि प्रवक्ता राईले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन् ।

प्रवक्ता राईले सामाजिक सञ्जालमा लेखेका छन्–‘एमाले जस्तो पार्टीका पदाधिकारीहरू साथै राज्यको नेतृत्वमा बसिसकेका मान्छेहरूले मानव तस्करी जस्तो गलत कार्य गर्नु त्यतिकै संवेदनशील छ। यो जस्तो अपराध अरू केही हुन सक्दैन।’

ताजा अपडेट

खोजी गर्नुहोस