पूर्वाञ्चलमा तालाबन्दीः कार्यकारी परिषद् बिनै ‘विवादास्पद’ झालाई नियुक्त गरेपछि चौतर्फी विवाद

Post Thumbnail

पुस १,काठमाडौँ । तालाबन्दी, आर्थिक चलखेल, सम्बन्धन विवाद जस्ता विभिन्न कारणले चार्चामा आइरहने पूर्वाञ्चल विश्वविद्यालयमा फेरि तालाबन्दी भएको छ । यसैविच नेपाल प्रगतीशिल प्रध्यापक संगठन प्रदेश १ को समिती र पुर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले एकैदिन प्रेस विज्ञप्ती जारी गर्दै आपती जनाएका छन ।

कार्यकारी परिषद् पूर्ण नभएकै बेला उपकुलपति घनश्यामलाल दास र रजिस्ट्रार प्रमिला थापाले सहायक राजिस्ट्रार र सहायक डिन पद सिर्जना गरी विवादास्पद व्यक्तिको नियुक्ति गरेपछि स्थानीय प्राध्यापकहरुले तालाबन्दी गरेका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट प्रागतिशील प्राध्यापक संगठन र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस निकट डोमेक्रेटिक प्राध्यापक संघले संयुक्त रुपमा तालाबन्दी गर्दै नियुक्ति बदर सहित पदाधिकारीको राजिनामा माग गरेका छन् ।
नेपाल सरकार र शिक्षामन्त्रालय समक्ष विश्वविद्यालयको विनियम विपरीत (कार्यकारीद्वारा मात्र हुन सक्ने नियुक्ति) गरिएको नियुक्ति बदर सहित पदाधिकारीमाथि कारबाही (पदबाट निलम्बन) सहितको माग गर्दै पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले विज्ञप्ति सहित निन्दा गरेको छ ।

समाजका अध्यक्ष इन्जिनियर सञ्जीव रोकाहले प्राज्ञिक थलोमा अप्राज्ञिक र विवादस्पद व्यक्ति नियुक्ति गरिनुमा ‘दालमे कुछ काला’ रहेको बताए ।

अध्यक्ष रोकाहाले विश्विद्यालयको कार्यकारी परिषद्मा पूर्ण नभएको बेला यसरी गरिने नियुक्ति कानुनतः बदर भागिदार भएको भन्दै मनोमानी नगर्न उपकुलापतिलाई सजग गराएका छन् ।

आउने चैतमा आफ्नो पदावधि सकिन लागेका उपकुलपति दास सहित रजिस्ट्रार प्रमिला थापाको मनोमानी अन्त्यका लागि उनीहरुको निलम्बन र नियुक्तिको बदर आन्दोलनकारीहरुको प्रमुख मुद्दा रहेको प्राध्यापकहरु बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस