पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्कायो : प्रेम थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ चैत्र २५, शनिबार (१ साल अघि)
  • ९ पटक पढिएको
Post Thumbnail

चैत्र २५, काठमाण्डौँ । जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य प्रेमनारायण थापाले पहिचानको आन्दोलनले राज्यसत्तालाई हच्काएको बताएका छन् ।
प्रदेश १ लाई कोसी नामकरणपश्चात उक्त क्षेत्रमा आन्दोलन चर्केको प्रसंगमा बोल्दै पार्टीको खसान राष्ट्रिय समितिका इन्चार्ज समेत रहेका थापाले उक्त कुरा बताएका हुन् ।
एकल पहिचानको मुद्दा उठाएको नेकपा माओवादी केन्द्र समेत कोसी प्रदेश नामकरणमा सामेल भयो । तर आन्दोलनले उसलाई पछाडि हट्न बाध्य बनायो । आज आएर माओवादी केन्द्रले नामकणमा पार्टीले गल्ती गरेको स्विकार्यो, उनले भने ।
पहिचानको आन्दोलनले पहिचान विरोधी दलहरु र एकल जातिय प्रभुत्व रहेको राज्य सत्तालाई हच्काएको छ, थापाले भने ।
उपनिर्वाचनबारे उनले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आव्ह्वान गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस