संक्रमणकालिन न्याय सम्बन्धि विषय फास्ट ट्रयाकबाट टुङ्ग्याउन एमाले असहमत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २६, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संक्रमणकालिन न्याय सम्बन्धि विषय फास्ट ट्रयाकबाट टुङ्ग्याउने विषयमा असहमति जनाएको छ ।

प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको सिंहदरबारमा बसेको बैठकमा सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धि विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्ने विषयमा प्रमुख प्रतिपक्ष दल एमालले असहमति जनाएको छ ।

शनिवार सभामुखको कार्यालय सिंहदरबारमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्ष दल एमालले फास्ट ट्रयाकबाट जान असहमति जनाएको बताए । प्रधानमन्त्रीको भनाइ छ– ‘सरकारमा हुनेहरूको कुरा चाहिँ फास्ट ट्रयाक्कबाट गरौँ भन्ने छ । प्रतिपक्षको कुरा चाहिँ समितिमा लगेर गरौँ भन्ने छ । त्यसको बीचको बाटो खोज्ने भन्ने पनि छ ।’

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने बताए । नेता ओलीले विधेयक समितिमा पठाउने विषयमा कुरा भएको जानकारी दिए । आजको बैठकले सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धी ९टिआरसी० विधेयकलाई पारित गर्न समिति बनाउने कुरामा २८ गते मङ्गलवार बैठक बसेर निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस