कामका लागि दैनिक विदेशिन्छन् ३ हजार ३२७ जना नेपाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २६, आईतबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र २६, काठमाडौँ । पछिल्लो समय दैनिक ३ हजार ३२७ नेपाली रोजगारीका लागि औपचारिक रूपमा विदेशिइरहेको सरकारी तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार गएको फागुनमा श्रमस्वीकृति लिएर ९९ हजार ८३९ नेपाली विदेशिएका छन् । यो पोहोर फागुनको तुलनामा २३ दशमलव २९ प्रतिशत बढी हो ।

पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । सरकारी तथ्यांकले दैनिक उक्त संख्याका नेपाली रोजगारीका लागि विदेश गइरहेको देखाए पनि वास्तविक संख्या भने त्योभन्दा निकै बढी छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस