एमालेले सम्मानित पद दिए झलनाथ खनाल एमाले फर्किने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ चैत्र २६, आईतबार (१ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २६, काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता मुकुन्द नेउपानेले पार्टी परित्याग गरेका छन् । एमालेबाट विद्रोह गर्दै नेकपा एसमा लागेका नेउपाने फेरि एमाले फर्किने तयारीसहित पार्टी छाडेका छन् । नेकपा एस अवसरवादीहरुको झुण्ड भन्दै पार्टी छाडेका उनले पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनाललाई समेत गम्भीर आरोप लगाएका छन् ।

एमालेमा तत्कालीन अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि संविधान र लोकतन्त्रको रक्षा गर्न भन्दै आन्दोलनरत माधव नेपाल पक्षधर नेताहरुले एमालेले आफूहरुलाई बाहिर निकाल्न ढोका नै बन्द गरेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टी घोषणा गरे ।

पार्टी घोषणाको केहि समयसम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी पनि भए । त्यसपछि भएको निर्वाचनमा नेकपा एसले १० सिट प्रत्यक्ष जित्यो । तर, थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्नबाट पछि प¥यो । विभिन्न बैठकमा वरिष्ठ नेता नेउपानेले भने एमालेसँग एकता गर्न लचक हुनुपर्ने गरि दस्तावेज नै लैजान थाले । पार्टीले उनलाई स्पष्टीकरण नै सोध्यो ।

एमाले प्रवेश गर्ने बाटो कुरेर बसेका उनी अन्ततः विभिन्न आरोप लगाउदै नेकपा एस परित्याग गरेको घोषणा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस