मेयर बालेनको निर्देशनपछि सिंहदरबारको फोहोर उठाउन बन्द

चैत्र २६, काठमाण्डौँ । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ ।

महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साहबालेनले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।

‘हाम्रो वडामा सिंहदरबार बाहेक सबै स्थानको फोहोर उठिरहेको छ,’ ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले भने, ‘सिंहदरबारको फोहोरबारे वडामा छलफल नभएपनि रोकिएको जानकारी चाहिँ छ ।’

फोहोर मैला व्यवस्थापन संघका महासचिव मित्रप्रसाद घिमिरेले काठमाडौंका मेयर बालेनले फोन गरेर सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर नउठाएको बताए ।

संम्बन्धित समचार

Leave a Reply