शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम कति ?

चैत्र २६, काठमाण्डौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । यो १.५२ प्रतिशतको गिरावट हो ।

आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आइतबार सबै उपसूचकहरु राताम्य देखिए । सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता २.३५ प्रतिशतले गुमाए ।

आइतबार कालिञ्चोक दर्शन लिमिटेडको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर ३४२.९० रुपैयाँ पुगेको छ । सानिमा ग्रोथ फण्डको ६.४६ रुपैयाँले मूल्य बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply