नेप्सेमा दोहोरो अंकको गिरावट, सबै उपसूचकहरु राताम्य

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ चैत्र २६, आईतबार (१ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २६,काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । यो १.५२ प्रतिशतको गिरावट हो ।

आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आइतबार सबै उपसूचकहरु राताम्य देखिए । सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता (२.३५ प्रतिशत)ले गुमाए ।

आइतबार कालिञ्चोक दर्शन लिमिटेडको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर ३४२।९० रुपैयाँ पुगेको छ । सानिमा ग्रोथ फण्डको ६.४६ रुपैयाँले मूल्य बढेको छ ।

माछापुच्छ्रे डिभेन्चरको सबैभन्दा धेरै ७.७५ प्रतिशतले मूल्य घटयो । कुमारी धनवृद्धि योजना, माया खोला हाइड्रोसहितका धितोपत्रको समेत मूल्य धेरैले घटेको हो । नविल बैंक, शिवम् सिमेन्ट, एचडीएल, ग्लोबल बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस