सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन अदालतको आदेश

चैत्र २६, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू भन्ने आदेश दिएका हुन् ।

आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो । साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ । यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई नै झिकाउन माग गरेका हुन् । एक नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply