महासङ्घको चुनाव दोस्रो चरणमा: अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच पुनः भिडन्त हुने

चैत्र ३०,काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको चुनाव दोस्रो चरणमा धकेलिएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत नल्याउँदा दोस्रो चरणको मतदान हुने भएको हो । महासङ्घको निर्वाचन समितिका अनुसार दोस्रो चरणको चुनावमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबिच पुनः भिडन्त हुने भएको हो । अन्जान श्रेष्ठले सबैभन्दा धेरै मतभार पाएका छन् भने उमेशलाल श्रेष्ठले दोस्रो धेरै मतभार पाएका छन् ।

तेस्रो धेरै मतभार पाउने रामचन्द्र संघ पहिलो चरणबाटै बाहिरिएका हुन् । महासङ्घको इतिहासमै पहिलोपटक दोस्रो चरणको मतदान हुने भएको हो ।

२०२२ सालमा स्थापना भएको महासङ्घको अहिलेसम्मको इतिहासमा दोस्रो चरणमा कहिल्यै मतदान भएको छैन । महासङ्घको निर्वचनले दिएको जानकारीअनुसार अन्जान श्रेष्ठले कुल ३७.९९ प्रतिशत मतभार पाएका छन् । यस्तै उमेशलाल श्रेष्ठले कुल ३१.५१ मतभार र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार पाएका छन् ।

दोस्रो चरणको मतदान २ घण्टापछि सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

संम्बन्धित समचार

Leave a Reply