अन्तरिक्ष अभियानमा चीनको चमत्कार, चन्द्रमामा उमार्‍यो कपासको बीउ

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७५ माघ २, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाडौं । चीनले चन्द्रमामा पठाएको कपासको बीउ उम्रिएको छ। चीनको अन्तरिक्ष अभियान चांगुअ ले चन्द्रमामा लिएर गएका केही बीउहरू उम्रिएको चीनको अन्तरिक्ष प्रशासनले सार्वजनिक गरेको छ। चीनले चन्द्रमामा पठाएका कपासका बीउ उम्रिएका चीनका सरकारी संचारमाध्यमले लेखेका छन्।

चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो पटक हो। यसअघि पृथ्वीमै रहेका अन्तरिक्ष स्टेसनहरूमा विभिन्न विरुवाका बीउ उमार्ने गरिएको थियो। तर, चन्द्रमामा नै बीउ उमारिएको भने यो पहिलो पटक हो।

चन्द्रमामा कपासको बीउ उम्रिएको घटनालाई अन्तरिक्षको अभियानमा महत्वपूर्ण उपलब्धि मानिएको छ। यसअघि चीनको ‘चांगुअ फोर’ नामक अन्तरिक्ष यान चन्द्रमाको पृथ्वीबाट नदेखिनेभागमा पहिलोपटक अवतरण गरेको थियो।

उक्त यान जनवरी ३ मा चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा अवतरण गरेको थियो। उक्त यानले चन्द्रमाको नदेखिने भागको भौगोलिक अनुसन्धान गर्ने उपकर बोकेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस